३ साउन, काठमाडौं । चीन भारत सीमामा तनाव बढ्दै जाँदा चीनले भारतमाथि रकेट आक्रमण गरेको समाचार आएको छ । चीन र भारतको सीमा दोकलाम क्षेत्रमा चीनले गरेको प्रहारबाट १५८ जना भारतीय सैनिक मारिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनको सरकारी टेलिभिजन सिसिटिभीको समाचारमा चिनियाँ सेनाले हवाइ प्रहार गरेको दृश्य प्रसारण भएको थियो ।
भिडियोमा चिनियाँ सेनाले रकेट लन्चर, मोर्टार र मेसिनगनले भारतीय पोस्टमाथि आक्रमण गरेको देखिएको छ । यही भिडियोलाई भारतीय टेलिभिजनहरुले समेत प्रसारण गरेका छन् ।
हेर्नुहोस् भिडियो : क्लिक गर्नुहोस्
तर, भारतले भने यो समाचार भ्रामक भनेको छ । सिसिटिभीलगायत चिनियाँ सञ्चारमाध्यममा आएको समाचारमा सत्यता नभएको दावी भारतले गरेको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बाग्लेले आधारहीन समाचार मिडियामा आएको र तिनहरुले आफूलाई उत्तरदायी बनाउनुपर्ने प्रतिक्रिया भारतीय सञ्चारमाध्यमहरुलाई दिएका छन्।
चीनले रकेट प्रहार गरेको समाचार चिनियाँ टेलिभिजनले मात्रै होइन नभई भारतलगायत अन्य देशका टेलिभिजनले समेत भिडियो सहित प्रसारण गरेका छन् ।
त्यो पनि हेर्नुहोस् :
चीनले प्रहार गरिएको सीमा चीन, भारत र भुटानको त्रिदेशीय क्षेत्र हो । यो क्षेत्र तनाव चुलिएको सिक्किम आसपासकै क्षेत्र हो । तर त्यस क्षेत्रमा भारतीय सेनाले सडक निर्माण गरिरहेको समेत भारतीय विदेश मन्त्रालयले जनाएको छ ।












