१ साउन, काठमाडौं । दुई चरणमा भएको स्थानीय तहको चुनावमा एमालेले अरु दलभन्दा धेरै स्थानमा जितेको खुशीलायालीमा पार्टी अध्यक्ष केपी ओलीले केक काटेर खुशीयाली मनाएका छन् । आइतबार बसेको एमाले स्थायी कमिटी बैठकमा ओलीले आफ्ना नेताहरुसँग केक काटेर खुशीयाली साटेका छन् ।
केक काटेर खुशीयाली मनाउने स्थान पनि ओलीको निवास बालकोट नै थियो । ओली आफैले केकको व्यवस्था गरेका थिए । बैठकको सुरुमै केक काटेर खाने गरी बैठकमा केकले प्रवेश पाएको थियो । एमाले नेताहरुले खुशी व्यक्त गर्दै केकको तस्वीर समेत सार्वजनिक गरेका छन् ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले ‘ केकको तस्वीर सार्वजनिक गरेका छन् ।
एमालेले स्थानीय निर्वाचनमा पहिलो स्थान हासिल गरे पनि ओलीले भने सार्वजनिक कार्यक्रममा अझै धेरै स्थानमा जित्नुपर्ने भन्दै अनुन्तुष्टि पोख्दै आएका थिए । सार्वजनिक कार्यक्रममा असन्तृष्टि व्यक्त गरे पनि आन्तरिक बैठकमा ओलीले उत्सव मनाउनुले उनी प्रफुल्ल रहेको स्पष्ट पारेको छ ।












