१ साउन, म्याग्दी । बेनी नगरपालिकाको एकै बस्तीका दुई महिला झारफुक गर्ने बहानामा झाँक्रीबाट बलात्कृत भएका छन् ।
बागलुङ नगरपालिका ६ का काजु भनिने ५८ बर्षीया कर्णबहादुर किसानले एक साताअघि ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
आरोपी किसानलाई प्रहरीले उनको बागलुङस्थित घरबाट पक्राउ गरी शुक्रबार अदालतमा मुद्धा गर्दा गरेको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।












