३१ साउन, काठमाडौं । ६ मधेसी दलको एकीकरणबाट गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा)ले निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचनको बहिष्कार गर्दै आएको राजपाले आज निर्वाचन आयोगमा विधिवत दर्ता भएको हो ।
राजपका महासचिव केशव झाले राजपा निर्वाचन आयोगमा दर्ता भएको जानकारी दिए । उनले भने- ‘मधेस केन्द्रित ६ वटा दलले दल एकीकरणको निम्ति दिएको निवेदन अनुसार आज ( साउन ३१ गते) को निर्वाचन आयोगको बैठकले राजपा नेपाल नामक राजनीतिक दललाई विधिवत रुपमा आजैको मिति देखि लागू हुने गरि दर्ता गरेको छ।’
झाले यही कुरा उल्लेख गर्दै राजपाका नेता तथा कार्यकर्तालाई बधाई दिँदै आफ्नो फेसबुकमा समेत यो कुरा सार्वजनिक गरेका छन् ।
निर्वाचन आयोगका राजपा दर्ता भएसँगै उसले दल दर्ताको लागि गरेको एउटा प्रमुख मागको सम्बोधन भएको छ । यसले राजपा आगामी स्थानीय निर्वाचनमा सहभागी हुने सम्भावना प्रवल बनेको छ ।













