२९ असार, सिराहा । फेसबुक र ईमोमा फोटो राखेको भन्दै सिराहाको गोलबजार नगरपालिका १३ दुर्गापुर उङग्राहाका दुई महिललाई छिमेकीले मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

छिमेकी आलम मिया, मोहमद जाहिर मिया र उनका छोरा कलिमले बर्ष ३६ की मकिना खातुन र बर्ष ३५ की खैरुल खातुनलाई गाउँलेको भेला बोलाई कुटपिट गरेका हुन् ।
दुवै जना नुहाउँदै गर्दा छिमेकी सञ्जिला खातुनले फोटो खिचेकी थिईन्, यो खबर आजको नयाँ पत्रिकामा छ ।











