२७ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच फेरि निकटता बढेको छ । स्थानीय निर्वाचनमा एमालेले धोका दिएको भन्दै विरक्तिएका थापाले पुनः ओलीले भेट गरी सत्ता साझेदार दल कांग्रेस एमालेलाई चुनौति दिएका हुन् ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा मंगलबार ओली र थापाबीच भेटवार्तामा भएको थियो । स्थानीय तह निर्वाचनको समीक्षा गर्दै प्रदेश र केन्द्रीय निर्वाचनमा कार्यगत एकता गर्ने विषयमा उनीहरुबीच छलफल भएको जनाइएको छ ।
थापासँगको भेटमाओलीले सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधन प्रस्तावको विषयमा खुल्ला छलफल गरेर अघि बढ्ने विषयमा विचार गर्न अध्यक्ष कमल थापासँग आग्रह गरेका थिए । २ नं प्रदेशको निर्वाचनअगाडि यो विषयलाई अगाडि बढाउँदा एमाले रपा्रपा दुवैलाई घाटा हुने भएकोले आफूहरुको अडानमा साथ दिन ओलीले आग्रह गरेका थिए ।
तर थापाले भने ओलीको प्रस्तावमा सिधा समर्थन गरेनन् । संसदमा विचाराधिन संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी सकारात्मक रहेको जवाफ फर्काएका थिए ।












