२७ असार, काठमाडौँ । चीनसँगको सम्बन्ध चिसिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको थाइल्याण्ड र सिंगापुर भ्रमणमा ब्रेक लागेको थियो । तर पूर्वमाओवादी नेताबाट उपराष्ट्रपति बनेका वर्षमान पुन चीन गएर फर्के लगत्तै प्रचण्डले एक्कासी थाइल्याण्डको भ्रमण तय गरेका छन् ।
पत्नी सीता दाहालको उपचारका भन्दै प्रचण्ड वुधबार थाइल्याण्ड जान लागेका हुन् ।यसअघिकै कार्यतालिकाअनुसार पत्नी सीताको फलोअपका लागि अध्यक्ष प्रचण्ड त्यसतर्फ प्रस्थान गर्न लागेको उनको सचिवालयले जनाएको छ । लामो समयदेखि उच्च रक्तचाप लगायतका समस्याबाट पीडित सीताको नियमित स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै कार्यसूची नरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।
तर, प्रचण्डको यस भ्रमणमा चिनियाँ संयन्त्रसँग भेटघाटको कार्यक्रम रहेको गोप्य स्रोत बताउँछ । चीनसँग विग्रिएको सम्बन्ध सुधार तथा वर्तमान गठबन्धन सरकारमार्फत चीनसँग गरिएको सम्झौता कार्यान्वयनको सवाल लगायतका विषयमा चीनको संयन्त्रसँग प्रचण्डको कुराकानी हुने जनाइएको छ । प्रचण्ड प्रधानमन्त्री भएकै समयमा चीनसँग भएको वान वेल्ट वान रोड सम्झौताको कार्यान्वयनप्रति समेत चीन शंकास्पद बनेको देखिएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन चीन भ्रमणमा रहेका वेला समेत चीनले यही करामा चासो दिएको थियो । यो विषयलाई प्रष्ट पार्नका लागि प्रचण्डले थाइल्याण्डको भ्रमण एक्कासी तय गरेको विश्वस्त स्रोत बताउँछ ।
उनी आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।












