रुवेन गुरुङ
२४ असार, दार्जीलिङ । भारतको पश्चिम बंगालमा जारी गोर्खाल्याण्ड आन्दोलनका क्रममा शुक्रबार रातिदेखि शनिबारसम्म प्रहरीको गालीबाट ३ जना मारिएका छन् । शुक्रबार साँझ दार्जीलिङको सोनादामा आफ्नो बिरामी भाइका लागि औषधि किन्न घरबाहिर निस्किएका टासी भोटियालाई प्रहरीले गोली प्रहार गरी हत्या गरेको थियो ।
प्रहरीको गोलीले भोटियाको घटनास्थलमा नै मृत्यु भएको थियो। हेर्नुहोस् आन्दोलनकारीले सहिद घोषणा गरेका भोटियाको तस्वीर :
यो घटनालाई लिएर शनिबार सो क्षेत्र तनावग्रस्त रह्यो । आन्दोलनकारीले शनिबार दार्जिलिङको सोनादास्थित प्रहरी कार्यालयमा प्रवेश गरी प्रहरीका गाडी आगो लगाएर ध्वस्त बनाएका छन् । आगजनीबाट प्रहरीको एउटा गाडी पूर्णरुपले ध्वस्त भएको छ भने अन्य दुई क्षतिग्रस्त भएका छन् । आगजनीका कारण दार्जिलिङको सोनादा प्रहरी कार्यालय समेत क्षति पुगेको छ । हेर्नुहोस् प्रहरीको गाडी जलाएको भिडियोः
उत्तेजित भीडले प्रहरी कार्यालयमा मात्र आगजनी गरे रेल्वे स्टेशनमा समेत आगजनी गरेको छ ।
जिल्ला सदर दार्जीलिङमा पनि आन्दोलनकारीको भीडले मुख्य प्रहरी कार्यालय र खाद्य निगमको गोदाममा आगजनी गर्ने प्रयास गरेको थियो । तर प्रहरीले भने यहाँ आगो लगाउन नदिनका लागि गोली चलाएको थियो । यस स्थानमा प्रहरीले गोली चलाउँदा सुरज सुन्दासको मृत्युु भएको छ ।
दार्जिलिङकै सिहमारीमा भोटिया हत्याको विरोधमा प्रदर्शन गर्ने समूहमाथि समेत प्रहरीले गाली चलाउँदा शनिबार नै समीर सुब्बाको मृत्यु भएको छ। हेर्नुहोस् प्रहरीले चलाएको गोली लागेपछिको अवस्थाको भिडियो :
यसरी गोर्खाल्याण्ड आन्दोलनका क्रममा शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टाभित्र प्रहरीको गोलीबाट दार्जिलिङमा ३ जना मारिएका छन् । गत जुन महिनाको १७ तारिकमा ३ जना आन्दोलनकारी प्रहरीद्वारा मारिएका थिए ।
वर्तमानमा गोर्खाल्याण्ड आन्दोलनमा यी दुई पटकका घटनामा गरी ६ जनाले ज्यान गुमाएका छन् ।
दार्जिलिङको अवस्था नियन्त्रणमा लिनका लागि त्यहाँ सेना परिचालन गरिएको छ।
उता कालेबुङ्गअन्तर्गत गोरूबथानमा पनि आन्दोलनकारीले वन कार्यालयमा जलाइदिएका छन्। हेर्नुहोस् वन कार्यालय जलाएको भिडियो :
यसैबीच गोर्खाल्याण्ड आन्दोलनका समर्थमा भारतको राजधानी दिल्लीको जन्तरमन्तरमा समेत शनिबार प्रदर्शन भएको छ । आन्दोलनकारीमाथि दमन तथा हत्या गरेको भनी विरोध प्रदर्शन गर्नेमध्ये ५२ जना पक्राउ परेका छन् । दिल्लीमा पक्राउ परेका सबैलाई शनिबार राति नै रिहा गरिएको छ। हेर्नुहोस दिल्लीको प्रदर्शनको भिडियो :














