प्रजातन्त्र दिवसको अवसरमा काठमाडौं उपत्यकासहित देशभर बिभिन्न कार्यक्रम आयोजना गरिएको छ । प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा विहीबार विहान सैनिक मञ्च टुँडीखेलमा विशेष कार्यक्रम आयोजना गरियो ।
कार्यक्रममा कवाज, व्यायाम तथा परम्परागत झाँकी प्रदर्शन गरिएको थियो । सुरक्षाकर्मी, स्काउट, बिभिन्न संघसंस्था र क्लबको आयोजनामा मार्चपास गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले सम्वोधन गरेका थिए । सो अवसरमा राष्ट्रपति, उपराष्ट्रपति लगायत अन्य विशिष्ट अतिथिहरुको सहभागीता थियो ।











