२३ असार, काठमाडौं । सत्ता साझेदार माओवादी केन्द्रले सरकारमा पठाउने नयाँ मन्त्रीहरुको सूची तयार पारको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले ८ मन्त्रालय पाउने सहमति छ । हाल माओवादीका तर्फबाट कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभु शाह मन्त्री छन् ।
माओवादीबाट नयाँ मन्त्री बन्ने सूचीमा महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, सीता नेपाली, टेकबहादुर बस्नेत, श्यामकुमार श्रेष्ठको नाम रहेको माओवादी विश्वस्त स्रोतले जानकारी दिएको छ ।
जनार्दन शर्मा उर्जामन्त्री हुँदा लोडसेडिङ हटाएका कारण माओवादीले उर्जामन्त्रीमा आफूले नै पाउनुपर्ने दावी गरेको छ । उर्जामन्त्रीमा कालीकोटका महेन्द्रबहादुर शाहीलाई पठाउने तयारी माओवादीले गरेको छ भने माओवादीले अन्य कुनुकुन मन्त्रालय पाउने भन्ने विषयमा साझेदार दल कांग्रेससँग छलफल भैरहेको छ । दुई दलले कुनुकुन मन्त्रालय लिने र सरकारमा सहभागी गराउने अन्य साना दलका लागि कुनकुन मन्त्रालय दिने भन्ने विषयमा कांग्रेस र माओवादी नेतृत्वबीच गृहकार्य भैरहेको छ ।












