२२ असार, काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालले पार्टी तत्काल सरकारमा सहभागी नहुने जनाएको छ । संघीय समाजवादी फोरम समेत सरकारमा सहभागी हुने भनी आएका समाचारहरु निराधार हल्ला मात्र भएको सो दलले बताएको हो ।
पार्टीले विहीबार एक विज्ञप्ति जारी गरी सरकारमा जाने वा नजाने कार्यसूचीबारे पार्टीमा आधिकारिक निर्णय नभएको उल्लेख गरेको छ । यस विषयमा पार्टीभित्र सामान्य छलफलसमेत नभएको उसले जनाएको हो ।
‘चुनाव हुनै नदिई मधेसलाई अस्थिर बनाइराख्ने प्रतिगामी तत्वहरुको षड्यन्त्रलाई परास्त गर्न जीत वा हारको पर्वाह नगरी पार्टी चुनावमा होमिएको’ केन्द्रीय सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पार्टीले परिमार्जनसहित संविधान संशोधन गरी मधेसी, आदिवासी जनजाति, थारु, उत्पीडितलगायत अल्पसङ्ख्यक समुदायको माग सम्बोधन गरी अधिकार सुनिश्चितताका लागि सदा झैँ प्रतिबद्ध रहने जनाएको छ ।












