१८ असार, भक्तपुर । मध्यपुरथिमी नगरपालिका–४ क्षयरोग अस्पतालसँगै रोकिराखेको बा १ ख ९११५ नं को स्कुल बसभित्र झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
मध्यपुरथिमि नगरपालिका–४ तछुटोल बस्ने वर्ष ३० का बुद्धकृष्ण नापितको शव बसको सिट माथिको डण्डीमा झुण्डिएको अवस्थामा आज फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । घटना रहस्यमय रहेको जनाइएको छ । शव परीक्षण र थप अनुसन्धानअगाडि मृत्यु के कारण भएको हो भन्ने अनुमान गर्न नसकिएको प्रहरीले जनाएको छ ।














