१५असार, वर्दिया । वर्दियाको बाँसगढी नगरपालिका वडा नं १ मा माओवादी विजयी भएको छ । बाँसगढी नगरपालिका वडा नं १ चेपाङ गाउँमा वडाध्यक्षसहित २ सदस्य माओवादीले जितेको छ । बाँकी २ सदस्य भने एमालेले जितेको छ । चेपाङ गाउँमा जम्मा ७७२ मत मात्रै खसेकोमा
वडाध्यक्षका माओवादी उम्मेदवारले जम्मा ८ मतले एमाले उम्मेदवारलाई पराजित गरेको प्रारम्भिक समाचारमा जनाइएको छ ।












