१४ असार, रोल्पा । रोल्पाको भनभने मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदाताले मतपत्रमा केमिकल हालेर भोट खसालेपछि मतपेटिकामा आगो लागेको छ । मतपेटिकामा केमिकल हाल्ने मतदाताको भने पहिचान हुन सकेको छैन । मतपेटिकामा आगो लागेपछि मतदान स्थगित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विप्लव नेतृत्वको माओवादीले स्थानीय निर्वाचन विफल पार्न यसो गरेको प्रारम्भिक आनुमान गरिएको छ ।











