१४ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय तहको मतदान भइरहेका बेला इलाम जिल्लाकोको इलाम नगरपालिका–७ स्थित आदर्श आधारभूत विद्यालयको मतदान केन्द्रमा बम विष्फोट भएको छ । विष्फोटबाट कुनै मानवीय क्षति नभए पनि त्यस क्षेत्रमा त्रास फैलिएको छ ।
विहान १० बजेर २० मिनेटमा बम विष्फोट भएको थियो। बम विष्फोट कसले गरायो भन्ने विषयमा अनुसन्धान भैरहेको र अहिले सो केन्द्रमा मतदान सुचारु रहेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन् ।
नेपाली सेनाको टोलीले विष्फोटस्थलको अवलोकन गरी विष्फोटबारे अनुसन्धान गरिरहेको दाहालले जानकारी दिए ।
यसैबीच खोटाङका दुई छुट्टाछुट्टै मतदान केन्द्र नजिकै राखिएका सेनाले निस्क्रिय पारेको छ । लामीडाँडा गाउँपालिकाको वडा नं–५ स्थित गंगोदय मावि मतदान केन्द्र नजिकै अहिले विहान करिब ३ बजे बम फेला परेको थियो ।
मतदान केन्द्रको करिब चार सय मिटर पूर्वमा फेला परेको बम नेपाली सेनाको शेर गण मुढे ब्यारेकको टोलीले निस्क्रिय पारेको थियो ।
त्यस्तै रुपाकोट मझुवागढी नगरपालिका वडा नं–७ मा हिजो बेलुकी फेला परेको सुतली बम गएराती नै नेपाली सेनाले डिस्पोज गराएको थियो ।












