१४ असार, झापा । दोस्रो चरणको निर्वाचनअन्तर्गत मतदानमा सहभागी हुन वृद्धवृद्ध तथा विरामीहरु समेत सक्रियताका साथ सहभागी भएका छन् । आफ्नो मताधिकार प्रयोग गर्न मतदानका लाइनमा बसेका झापाका एक वृद्धको मृत्यु भएको छ ।
झापाको दमक नगरपालिका वडा नं १४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको मतदानका लागि लाइनमा बसेका बेला मृत्यु भएको हो ।

तस्वीर सौजन्य : अनलाइनखबरडटकम
उनी स्थानीय सरस्वती माविस्थिति मतदान केन्द्रबाट मतदानका लागि लाइनमा बसेका थिए । भण्डारी पहिलेदेखि नै विरामी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।











