१३ असार, काठमाडौं । दोस्रो चरणअन्तर्गतको स्थानीय तह निर्वाचनको तीव्र तयारी भैरहेको छ । मतदाताहरु आफ्नो अमूल्य मत दिएर स्थानीय जनप्रतिधि रोज्न घर फर्केका छन् । सर्वसाधारणको यति ठूलो चासो भएको स्थानीय निर्वाचनमा शीर्ष नेताहरुको चासो नहुने कुरै भएन । उपराष्ट्रपति नन्दबहादुर पुनदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मले स्थानीय तहको मत पुख्र्यौली घर रहेको स्थानमा गएर दिँदैछन् । हेर्नुहोस् कुन नेताले कहाँबाट आफ्नो मत दिँदैछन् :
– प्रधानमन्त्री शेरबहादुर देउवा : गन्यापधुरा गाउँपालिका–१, डडेल्धुराको असिग्राम उमावि मतदान केन्द्र
– सभामुख ओनसरी घर्ती : लिवाङ–७ रोल्पाको बालोदय माध्यमिक विद्यालय केन्द्र
उपराष्ट्रपति नन्दबहादुर पुन : खोलीगाउँपालिका–२ रोल्पा
– झलनाथ खनाल : इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि केन्द्र
– कृष्ण सिटौला : झापाको भद्रपुर–१० स्थित कबलगुडी प्रावि
– वामदेव गौतम : बर्दियाको बाँसुगढी–८ को त्रिभुवन उमावि
– सुवास नेम्बाङ : इलाम नगरपालिका ७, बालमन्दिर आधारभूत विद्यालय केन्द्र
– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा : रोल्पाको लिवाङ नगरपालिका–१को तारा माध्यमिक विद्यालय केन्द्र











