६ असार, २०७४ (काठमाडौं)। राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय चुनावमा उम्मेद्वार बनेकाहरु आफ्नो पार्टीका नभएको बताएको छ । राजपाका कार्यकर्ताहरु चुनावी मैदानमा उत्रिएको समाचार आएपछि राजपाले त्यस्ता उम्मेद्वार आधिकारिक नभएको प्रतिक्रिया दिएको हो ।
राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका आफ्ना पार्टीका कार्यकर्ता पाइए कार्वाही गर्ने बताए । यादवले आफुहरुले निर्वाचन बहिस्कार गर्दा गर्दै पार्टी कार्यकर्ताले उम्मेद्वारी दिए तिनीहरु स्वतन्त्र उमेद्वार हुने बताए । नेता यादवले आफ्नो पार्टीको माग सम्बोधन नभए तेस्रो चरणको निर्वाचनमा पनि भाग नलिने बताए ।












