२ असार, २०७४ (काठमाडौं) भारतले परिचालन गरेको नेपाली दल राजपाले आफूलाइ जस नदिई सरकारले प्रदेश २ को चुनाव सारेकोमा आपत्ति जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको आशयअनुसार निर्वाचन सारे पनि भारतबाटै परिचालित दल राजपाले भने सरकारको निर्णयको विरोध गरेको हो । भारतले नेपालका लागि डबल र त्रिपल पिलर खडा गरेर अस्थिरता सिर्जना गर्दै आएको घटनाक्रमको पछिल्लो संस्करणका रुपमा यो नयाँ घटना सतहमा देखिएको हो ।
प्रदेश नम्बर २ को चुनाव सार्ने निर्णय सरकाले एकतर्फी रुपमा गरेको भन्दै राजपाको बैठकले त्यसको समेत विरोध गरेको हो । सरकारले गरेको नयाँ निर्णयलाई मान्यता नदिने निर्णय गर्दै राजपाले आमहडताल र बन्दका कार्यक्रम यथावत राखेको छ । मधेसी जनताको अधिकारका लागि आन्दोलन गरेका मन्त्र जप्दै आएको राजपाले प्रदेश नं २ अर्थात् उसले भनेको मधेस क्षेत्रमा निर्वाचनको कार्यक्रम नै नभए पनि मधेसी जनतालाई थप यातना दिने नियतवश आमहडताल र बन्दलगायतका पूर्वघोषित कार्यक्रम यथावत राखेको बताएको हो ।
तर प्रदेश नम्बर २ को निर्वाचन स्थागित भै निर्वाचन अधिकृतहरु समेत फिर्ता भैसकेको अवस्थामा उसको आन्दोलन केका लागि हो भन्ने प्रश्न उठेको छ । नाकाबन्दी गरेर नेपाली जनता र आमहडताल गरेर मधेका जनताको मजदुरी खोसेको मधेसी मोर्चाको नयाँ रुपमा आएको राजपाको नियत के हो जनता आफैले बुझ्ने कि ?
तर, विज्ञप्ती हेर्दाहेर्दै यो पनि नविर्सनुहोला संघीय गठबन्धन र राजपा एउटै भएको भ्रम समेत छरिएको छ । जब कि संघीय गठबन्धन र मधेसी मोर्चा दुई विपरीत ध्रुव हुन् उपेन्द्र यादव र राजेन्द्र महतोका । संघीय गठबन्धनका अध्यक्ष यादव थिए । तर कतै वैधानिक रुपले दर्ता नभएको संघीय गठबन्धनका संयोजक आफू नै रहेको जिकिर उपेन्द्र यादव र महन्थ ठाकुर दुवैले गर्दै आएका छन् ।
हेर्नुहोस् राजपाको विज्ञप्ती पनि …













