१ असार, २०७४ (काठमाडौं) । सरकारले प्रदेश नम्बर २ को मात्र निर्वाचन फेरि सार्ने भएको छ । असार २ गतेका लागि निर्धारित चुनावको विरोधमा राजपा उत्रिएपछि सरकारले चुनाव सार्ने भएको हो । सो प्रदेशमा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारले निर्वाचन आयोगसँग परामर्श गर्ने निर्णय भएको छ।
सरकार र राष्ट्रिय जनता पार्टीबीच बिहीबार भएको सहमति अनुसार सारिएको बैठकमा सहभागी नेताहरुले बताएका छन् । चुनाव सार्नका लागि निर्वाचन आयोगसँग परामर्श गर्ने र अन्य तीन प्रदेशको निर्वाचन कार्यतालिका समेत हेरफेर गर्ने तयारी सरकारले गरेको छ । जसअनुसार असार २ गतेका लागि तोकिएको उम्मेदवार मनोनयन मिति असार ४ गते सारिने भएको हो । सरकारले आयोगसँगको परामर्शपछि औपचारिक निर्णय गर्ने जानकारी गृहमन्त्री जनाद्र्धन शर्माले दिए ।
उनले सरकारले प्रमुख प्रतीपक्षी एमालेकै सहमति अनुसार निर्वाचनको मिति सारिएको दावी गरेका छन्। तर निर्वाचन सार्न विहीबार भएको बैठकमा एमाले अनुपस्थित रहेको थियो ।












