३१ जेठ, २०७४ (काठमाडौं)/ स्थानीय निर्वाचनको विरोध गरिरहेको राजपाका कार्यकर्ताहरुले ५५ निर्वाचन अधिकृतहरुलाई नियन्त्रणमा लिएका छन् । सप्तरीको निर्वाचनमा खटिएका अधिकृतहरुले तालिम दिइरहेको अवस्थामा एकै साथ राजपाको हुलले नियन्त्रणमा लिएको हो । ५५ निर्वाचन अधिकृतहरुलाई नियन्त्रणमा लिएका छन् । राजपाका कार्यकर्ताले निर्वाचन अधिकृतहरुले तालिम लिइरहेको बेलामा घेराउन गरेका हुन् ।
अधिकृतहरुलाई जवरजस्ती आफूहरुको धर्ना कार्यक्रममा लगेका छन् । उनीहरुले बल प्रयोग गरेर आफहरुलाई धर्नामा लगेको एक निर्वाचन अधिकृतले बताए ।
निर्वाचन आयोगले निर्वाचन अधिकृतहरुका लागि महेन्द्र विन्देश्वरी क्याम्पसमा निर्वाचनको विषयमा तालिम राखिएको थियो । विहान ११ बजेदेखि शुरू हुन लागेको तालिम अघि नै क्याम्पस हातामा पुगेका निर्वाचन सहायक अधिकृतलार्इ राजपाका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए ।
राजपाका कार्यकर्ताहरुले तालिमस्थल घेरा हालेर निर्वाचन अधिकृतहरुलाई जवरजस्ती आफूहरुको धर्ना कार्यक्रममा लगेका छन् सोही स्थानमा घेरेर अधिकृतहरुलाई धर्नामा राखेका छन् ।
बल प्रयोग गरेर आफूहरुलाई धर्नामा लगेको एक निर्वाचन अधिकृतले बताएका छन् ।












