३० जेठ, २०७४ (काठमाडौं)। मंगलबार स्विट्जरल्यान्ड प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज जेनेभा पुग्नेभएकी छिन् । नेपालबाट मंगलबार त्यसतर्फ प्रस्थान गरेकी भण्डारी मंगलबारै संयुक्त अरब इमिरेट्सको आबुधाबी आइपुगेकी थिइन्। भण्डारी आबुधाबीबाट उनी आज जेनेभा प्रस्थान गर्नेछिन् ।
स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन जाने सिलसिलामा राष्ट्रपति भण्डारी त्यसतर्फ लागेकी हुन् ।
भण्डारीलाई लाई आबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त अरब इमिरेट्सका शिष्टाचार अधिकारीहरुले स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत सहभागी छन् ।












