३१ जेठ, २०७४ (काठमाडौं) ‘पक्राउ पर्ने डरले महत बेपत्ता, ४ अर्ब राजश्व मिनाहा गरेर ४ करोड लिएको खुलासा’ शीर्षकको समाचारमा पूर्वअर्थमन्त्री डा. रामशरण महतबारे प्रकाशित समाचार सन्दर्भ गलत भएकोले भूल सुधार गरिएको छ । प्रस्तुत समाचारका सन्दर्भमा प्रेस काउन्सिल नेपालले समेत मंगलबार एक पत्रमार्फत समाचारको खण्डन प्रकाशित गर्न आग्रह गरेकोप्रति समेत यस अनलाइनको ध्यानाकर्षण भएको छ । तत्कालीन कर फर्छ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत विदेश रहेको भन्ने सन्दर्भमा समाचारको शीर्षक राखिएको थियो । तर, समाचारको पेटबोलीमा पूर्वअर्थमन्त्री डा. महतको समेत सन्दर्भ जोडिनु गलत भएकोले खेद व्यक्त गर्दै क्षमा माग्दछौं ।
– प्रधान सम्पादक











