३० जेठ, २०७४ (काठमाडौं) । प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ कम्पनीबाट ७ अर्ब रुपैयाँ कमिसन खाएको एक नेताले खुलासा गरेका छन् । बुढी गण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिनुको भित्री कारण ठूलो रकम कमिसन भएको खुलासा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेका हुन् । बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चिनियाँ कम्पनीलाई दिने सम्झौता प्रचण्ड नेतृत्वको गरेको थियो ।
त्यति मात्र होइन एक वर्षभित्रको भ्रष्ट्राचारमा कांग्रेस र माओवादी मात्र संलग्न नभएर एमाले समेत संलग्न रहेको आरोप भट्टराईले लगाएका छन् ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक रहेका भट्टराईले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस, एमाले र माओवादी केन्द्रले एक वर्षभित्र खर्बभन्दा बढी रकम भ्रष्ट्राचार गरेको दावी गरे ।
पार्टीको प्रथम वार्षिक उत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन ठूला दलले सिन्डीकेट बनाएर बाँडीचुडी खाने नीति लिएको आरोप पनि लगाए ।
भट्टराई संविधान सभाको राजनीतिक संवाद समितिको संयोजक रहेर आफैले तयार पारेको संविधानमा हस्ताक्षर गरे पनि भारतको दवावका कारण असहमति जनाएर संविधानसभाबाटै राजिनामा दिएर बाहिरिएका थिए । सरकारले चिनियाँ कम्पनीलाई बुढीगण्डकी आयोजना निर्माण गर्न दिएकोप्रति भट्टराईको असन्तुष्टि रहेको विश्लेषण समेत हुने गरेको छ ।












