३० जेठ, रियाद । अरब क्षेत्रको चर्चित टेलिभिजन अल जजिरामाथि साउदी अरबले पूर्ण प्रतिबन्ध लगाएको छ । त्यस्तै इजिप्ट, बहाराइन, साउदी अरेविया र संयुक्त अरब इमिरेट्सले अल जजिराको वेभसाइट ब्लक गर्दै प्रतिबन्ध लगाएका छन्। कतारमाथि अरब राष्ट्रहरुले गरेको कुटनीतिक सम्बन्ध विच्छेदको शिकार बनेको हो ।
.jpg)
साउदी अरबले कतारको समाचारमूलक टेलिभिजन अल जजिराको कार्यालय बन्द गर्नुका साथै प्रसारण अनुमतिपत्र खारेज गरेको छ । तेल र ग्याँसजस्ता सम्पदाले धनी देश कतारलाई विश्व मानचित्रमा पहिचान दिलाउन अल जजिराको महत्वपूर्ण योगदान रहेको छ । यसमा सन् २०२२ को विश्वकप फुटबलको आयोजना हासिल गर्नु पनि सामेल छ । यस्तो अवस्थामा कतार संकटसँगै अब अल जजिराको भविष्यमाथि पनि प्रश्नचिन्ह लाग्न सुरु भएको छ ।
इजिप्टदेखि साउदी अरेयिबासम्मले अल जजिराको पत्रकारितामाथि प्रश्न उठाउँदै आएका छन् । यसमा इजिप्टका शासक होस्नी मुबारक र मोहम्मद मोर्सी सत्ताच्युत हुने क्रममा अल जजिराको रिपोर्टिङ पनि समावेश छ । साउदी अरबले अल जजिराले यमन र साउदीविरुद्ध लडिरहेको हुती विद्रोहीको समर्थन गरेको आरोपसमेत छ । यद्यपि अल जजिराले सम्पादकीय स्वतन्त्रताको बचाउ गरेको छ।
.jpg)
अल जजिरा सन् २०११ मा आएको अरब क्रान्तिको पक्षधर थियो र नेटवर्कले इस्लाम समर्थित लाइन लिएको थियो । यसका साथै अल जजिरालाई कतारको विदेश नीतिको अंगसमेत मान्न थालिएको थियो । सन् २०१३ मा मोहम्मद मोर्सीलाई अपदस्थ गरेको घटनामा पनि इजिप्ट र कतारबीच तनावको कारण अल जजिरा नै बनेको थियो ।
सिरिया र इराकमा अल जजिरामा इस्लामिक स्टेटसँग सम्बन्धित समाचारमा फरक किसिमले आउने गरेको थियो । अल जजिराले आइएसलाई राज्य संगठन भन्ने गरेको छ । जुन आइएसकै परिभाषाभन्दा फरक छैन । तर, यो साउदीको परिभाषाभन्दा फरक छ । सन् २०१५ मा इस्लामिक स्टेटले सुन्नी आतंककारीलाई सुन्नी क्रान्तिकारी भनेको थियो । जसमा इस्लामिक स्टेट पनि समावेश छ । आइएस यतिवेला विश्वभा आतंक मच्चाउने कुख्यात जातीय संगठन बनेको छ । जसलाई सहयोग गरेको आरोपअमेरिकाले समेत कतारमाथि लगाउनुका साथै छिमेकी मुलुकहरुले कतारसँगको सम्बन्ध तोडेका छन् ।











