२९ जेठ, २०७४ (काठमाडौं) । सरकारले नेटवर्किङ व्यवसाय गर्न रोक लगाए पनि यो व्यवसाय रोकिएको छैन । गैरकानुनी भए पनि विभिन्न वाहनामा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने एक सय २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार राति उनीहरुलाई पुरानो बानेश्वरको सिद्धार्थ कटेजबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
गैर कानुनी रुपमा नोटवर्किङ व्यवसायबाट ठगी गरेको देखिएकाले उनीहरुलाई पक्राउ गरिएको एसपी मिरा चौधरीले जानकारी दिएकी छिन्
रमेश महर्जनलगायतका व्यक्तिले सञ्चालन गरेको व्यवसायमा प्रत्येक व्यक्तिले ३ लाखदेखि लगानी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
नेटवर्किङ व्यवसायका लागि पिरामिड शैलीको संजाल बनाएर समान बेच्ने व्यवसायमाथि सरकारले पहिले नै प्रतिबन्ध लगाएर कानुनी कारवाही समेत गरिसकेको छ । गोल्ट कोस्टदेखि नेपालमा भित्रिएको यो व्यवसाय, युनिटी, हर्बोलगातलाई कारवाही भैसकेको छ । तर फेरि यतिवेला अन्य खालका अन्तर्राष्ट्रिय संजालहरुले तीन लाखभन्दा बढी रकम असुलेर ठगी गरेको अनुन्धान व्युरोले पत्ता लगाएको हो । तर यो नयाँ संजालमा सामान नपाइने र केबल रकम मात्रै लगानी गर्ने गरेको पाइएको छ ।












