२६ जेठ, २०७४ (बर्दिया)। किशोरीलाई बलात्कार गरी भागेका एक व्यक्ति नौ महिनापछि पक्राउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका–७ चौगुर्जीका २५ वर्षीय महेस यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक हेमबहादुर शाहीको टोलीले राजापुर नगरपालिका–७ शङ्कर बस्तीमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ । यादव २०७३ साल असोज ६ गते दिउँसो धान खेतीमा १५ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरी फरार भएका थिए ।














