१९ वैशाख, काठमाडौं । स्थानिय तहको निर्वाचनको मनोनयन दर्तासँगै सेयर बजारमा सकारात्मक संकेत देखिएको छ । आइतबार ओरालो लागेको सेयर बजार मंगलबार भने उकालो लागेको हो । साताको पहिलो दिन आइतबार दोहारो अंकले घटेको बजार स्थानिय निर्वाचन हुने आशासँगै आज भने ७.५५ अंकले उक्लिएको हो ।
आज १४३ कम्पनीको १५ लाख ४८ हजार २ सय ५२ कित्ता सेयर किनवेचवाट ९२ करोड ९० लाख ७३ हजार एक सय ३४ रुपैयाँको कारोवार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज वजार एक हजार ६ सय ५८.३३ अंकमा उक्लिएको छ ।
बैकिङ समूहको सूचक ६.८८ अंकले वढेको आज विकास बैंक समूहको सूचक १६.४३, जलविद्युत समूहको सूचक ३.१६ र बीमा समूहको सूचक ७९.०२ अंकले वढेको नेप्सेले जनाएको छ । आज होटल समूहको सूचक २८.८८, फाइनान्स समूहको सूचक २.१७, उत्पादनमुलक समूहको सूचक ५.४६ र अन्य समूहको सूचक २.३२ अंकले ओरालो लागेको छ ।














