१९ वैशाख, २०७४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त दीप बस्न्यातलाई बनाउन संवैधानिक परिषद्ले उनको नाम सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार अपरान्ह बसेको संबैधानिक परिषदको बैठकले बस्न्यातलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको हो । हाल अख्तियारमा कार्यवाहक प्रमुख आयुक्त रहेका बस्न्यातको नाम संसदीय सुनुवाईका लागि पठाउने निर्णय परिषदले गरेको हो । संसदीय सुनुवाइबाट वस्न्यातको नाम स्वीकृत भएपछि उनले नियुक्ति पाउने छन् ।
आफूले अख्तियार प्रमुखको जिम्मेवारी पाएमा अख्तियारको गिरेको साख उँचो बनाउने प्रतिक्रिया समेत दिएका छन् । कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले अख्तियारको कामकारबाहीलाई सन्तुलितका साथै प्रभावकारी बनाउने प्रतिक्रिया दिए । आफ्नो पदावधि पनि लामो समयको र यो समयमा काम गरेरै देखाउनुपर्ने अवस्था रहेको उनले बताए ।
लोकमानसिंह कार्कीलाई अयोग्य भन्दै पदबाट हटाउने सर्वोच्चले आदेश दिएपछि अख्तियारमा प्रमुख आयुक्त पद रिक्त रहेको छ । लोकमानसिंह कार्कीमाथि ल्याइएको महाअभियो प्रस्ताव भने सर्वोच्चको आदेशपछि तुहिएको थियो ।












