१९ वैशाख, काठमाडौं । उपत्यकाभित्रका दुईवटा महानगरपालिका काठमाडौं र ललितपुरमा एमाले र राप्रपावीच चुनावी तालमेल भएको छ । जसअनुसार दुवै महानगरपालिकामा एमालेका तर्फबाट मेयर र राप्रपाका तर्फबाट उपमेयरमा उम्मेदवारी दिइएको छ ।
दुई दलबीच भएको सहमतिअनुसार काठमाडौंमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले मेयरमा र राप्रपा उम्मेदवार राजाराम श्रेष्ठले उपमेयरमा उम्मेदवारी दिने निश्चित भएको छ ।
त्यस्तै ललितपुरमा एमालेले ललितपुरमा हरिकृष्ण व्यञ्जनकारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।












