१८ बैशाख, काठमाडौं । आफूलाई पार्टीभित्र पनि अलग देखाउन खोज्ने माओवादी नेता नारायणकाजी श्रेष्ठ माओवादी निर्णयको विपक्षमा उभिएका छन् । सामाजिक सञ्जालमा महाअभियोगको विरोध भएको देखेपछि श्रेष्ठ पनि त्यही कित्तामा उभिँदै उनले प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् ।
सोमबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको पार्टी हेडक्वाटरको बैठकमा श्रेष्ठ महाअभियोगको विपक्षमा उभिएका छन्।
नेता श्रेष्ठले महाअभियोग प्रस्ताव गलत भएको भन्दै फिर्ता लिन समेत माग गरेका छन् ।












