२७ फागुन, काठमाडौं । आगामी आइतबारदेखि स्थानीय तहमा संघीयता लागू हुने भएको छ । नयाँ संरचनाअनुसार मुलुकभरि ७ सय ४४ वटा स्थानीय तह कायम गरी संघीयता लागू हुने भएको हो। हाल कायम सबै स्थानीय निकाय गाविस, नगरपालिका र जिविस आइतबारदेखि नै विघटन हुनेछन् । नयाँ संरचनामा ७ सय ४४ वटा स्थानीय तह ९गाउँपलिका र नगरपालिका० हुनेछन् ।

संविधानअनुसार स्थानीय तह पुनर्संरचना कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका स्थानीय विकास अधिकारीलाई बिहीबार निर्देशन दिएको छ ।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले मन्त्रीपरिषद्बाट पारित स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन राजपत्रमा प्रकाशन हुने अन्तिम चरणमा रहेको बताएका छन् ।











