४ फागुन, डडेल्धुरा । डडेल्धुरा जिल्लाको भागेश्वर गाविससबाट सदरमुकामतर्फ जाँदै गरेको से १ ज ८३३ नम्बरको जिप आज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् ।
अमरगढी नगरपालिका– ३ ठूलोखोला नजिक उक्त जिप दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। जिप सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा परेर पाँच जनाको घट्नास्थलमा तथा एक जनाको उपचारका क्रममा उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । रासस












