१४ माघ, स्याङजा । स्याङ्जाको वालिङ महोत्सवमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेपछि झडप भएको छ । महोत्सवमा ओलीले सम्बोधन गरेलगत्तै मंचमै ढुङ्गामुडा प्रहार भएको हो ।
बिहीबारबाट सुरु भएको छैटौं वालिङ महोत्सवमा ओलीले सम्बोधन गरिसकेपछि ढुंगा प्रहार भएको खबर नयाँ पत्रिकामा छ ।
ढुंगा प्रहारबाट वालिङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुधन श्रेष्ठ र पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ सदस्य रबीन्द्र बहादुर प्रजू घाइते भएका छन् । उनीहरुको आखाँमा चोट लागेको छ ।
ओलीले महोत्सवलाई सम्बोधन गर्दै गर्दा नियोजित तरिकाले बिजुलीको लाइन काटिएको भन्दै एमाले निकट युवाहरुले नाराबाजी र मञ्चमा ढुंगा प्रहार गरेका हुन् ।
महोत्सवलाई सम्बोधन गर्न सुरु गरेको दुई मिनेटमै लाइन गएको थियो । करिब १० मिनेटपछाडि दोस्रोपटक जेनेरेटरबाट आएको विद्युत पनि बन्द भएपछि ओलीले थप बोल्न चाहेनन् । उनले हात हललाउँदै ओली विदा भएका थिए ।












