२२ पुस, भारत । भारतका नवनियुक्त सेना प्रमुख विपिन रावतले छिमेकी चीन पाकिस्तानसँग भारतीय सेना लड्न तयार रहेको बताएका छन् । भारतीय टेलिभिजन च्यानल एनडीटीभीसँग कुरा गर्दै रावतले भारतीय सेना एकसाथ पाकिस्तान र चीनसँग युद्धको लागि तयार रहेको चेतावनी दिएका हुन् । तर उनले चीनसँग टकराव बढाउन नहुनेतर्फ समेत जोड दिए ।
केही समय पहिले पाकिस्तानमा भारतीय सेनाले सर्जिकल अट्याक गरेको उल्लेख गर्दै आवश्यक परेमा चीन र पाकिस्तानसँगको सीमा क्षेत्रमा लड्न भारतीय सेना पछि नहट्ने चेतावनी उनले दिए ।
रावतले पाकिस्तान र चीनप्रति चेतावनीको भाषा बाले पनि सीमा क्षेत्रमा शान्ति र सौहार्दता कायम राख्न भारतीय सेनाले सक्षम रहेको उल्लेख गरे ।
उनले चीनसँगको उत्तरी सीमारेखा (एलएसी)मा सौहार्दपूर्ण सम्बन्ध कायम राख्नका लागि भारतीय सेनाले विशेष रणनीति बनाएको जानकारी उनले दिए ।
दुवै देशका सिमानामा भारतीय सेनाले कस्तो एक्सन लिने भन्ने कुरा राजनीतिक निर्देशनले समेत निर्धारण गर्ने उनले बताए । राजनीतिक रुपमा सेनालाई जसरी कार्य गर्न निर्देशन आउँछ सोहीअनुरुपको कार्य गर्न आफूहरु सक्षम रहेको उनले भनाइ थियो ।












