१४ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो आसन्न महाधिवेशनका लागि पार्टीका उपाध्यक्ष निरञ्जन थापाको संयोजकत्वमा १५ सदस्यीय केन्द्रीय निर्वाचन समिति गठन गरेको छ । राप्रपाले आज निर्वाचन समिति गठन गरेको हो ।
सो समितिले महाधिवेशनका लागि आवश्यक पर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्ने तथा विभिन्न जनवर्गीय सङ्गठनलाई खटाउन सक्ने छ । आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने तयारी भएको छ ।
पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी माघ ३ गते केन्द्रीय कार्यसमितिको पूर्ण बैठक काठमाडौँमा बस्ने निर्णय गरेको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।












