५ पुस, काठमाडौं । नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि सडक र सदन दुवैतर्फबाट दवाव बनाउनुपर्ने बताएका छन् ।
नयाँ शक्ति निकट राष्ट्रिय यूवा अभियानले मंगलवार आयोजना गरेको ‘स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको आवश्यकता’ विषयक अन्तक्रियामा बोल्दै भट्टराईले सदनमा दवाव बनाउन काँग्रेस नेताहरुसँग आग्रह गरेका हुन् ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अनिवार्य छ भन्ने आमजनताको चाहना भएको भन्दै उनले यसका लागि सडक र सदनबाट यसका लागि दवाव सिर्जन गर्न आग्रह गरे । उनले संघीयता र शासकीय स्वरुप जोडेर संसोधन गर्नुपर्नेमा जोड दिदै विवादित पूर्वका तीन जिल्ला झापा, मोरङ, सुनसरी तथा पश्चिमका कैलाली र कंचनपुरका विषयमा पनि निर्णय लिनुपर्ने बताए ।
उनले मुलुक राजनीतिक धु्रविकरणमा अल्झिँदा अहिले फेरि ०६२–०६३ आन्दोलनका उपलब्धि गुम्ने खतरा बढेको दावी गरे ।












