२३ मंसिर, काठमाडौं । पूर्वगृहमन्त्री माधव घिमिरे जीप दुर्घटनामा परी भएको निधन रहस्यमय भएको भनी टिकाटिप्पणी भैरहेको सन्दर्भलाई अन्त्य गर्ने गरी छानविन समितिले प्रतिवेदन दिएको छ । जिप दुर्घटना आपराधिक उद्देश्यले नभएको भन्ने ठहर गरी समितिले रहस्यको ढोका बन्द गरिदिएको हो ।
यातायात मन्त्री रमेश लेखकले घिमिरेको कार दुर्घटनास्थलको अवलोकन गर्दै गरेको फाइल तस्वीर
पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठित छानविन समितिले आज गृहमन्त्रालयमा एक समारोहकाबीच आफ्नो प्रतिवेदन बुझाएको छ । गत असोज ९ गते पोखराबाट काठमाडौं फर्कने क्रममा पूर्वगृहमन्त्री घिमिरे चढेको गाडी चितवनको दारेचोक नजिक घोप्टेभीरमा दुर्घटना भई त्रिशुली नदीमा खसेको थियो । छानविन समितिले बुझाएको प्रतिवेदनमा सो दुर्घटना आपराधिक उद्देश्यले नभएको र दुर्घटना भएको बेला गाडी पूर्वमन्त्री घिमिरेले नै चलाएको पनि उल्लेख छ । ट्रकलाई ओभरटेक गर्ने क्रममा गाडी अनियन्त्रित भई दुर्घटना भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।
तर, दोस्रो संविधान सभाको निर्वाचनसँग जोडेर तत्कालीन समयका चुनावी गृहमन्त्रीको हत्या भएको हुन सक्ने विश्लेषण हुँदै आएको थियो ।
प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री निधिले प्रतिवेदन कार्यान्वयन गर्न सरकार लागि पर्ने बताए । सोही समितिलाई धादिङको मार्पाकमा भएको बस दुर्घटनाको समेत छानविनको जिम्मेवारी दिइएको थियो । समितिले आज सो बस दुर्घटनाको प्रतिवेदन पनि उपप्रधान एंव गृहमन्त्री बिमलेन्द्र नीधिलाई बुझाएको छ ।

![dGqL n]vs 36gf:yn lg/LIf0f k"j{ u[xdGqL dfwjk|;fb l3ld/] r9]sf] uf8L b'3{6gf ePsf] :yn bf/]rf]s uflj;–# 3f]K6]le/l:yt 36gf:yn lg/LIf0f ug{'x'Fb} ef}lts k"jf{wf/ tyf oftfoft dGqL /d]z n]vs . ;fydf lrtjgsf k|d'v lhNnf clwsf/L ljgf]bk|sfz l;+x 36gfsf] hfgsf/L lbg'x'Fb} tl:a/ M gf/fo0f clwsf/L, lrtjg÷/f;;](https://nepaldesh.com/wp-content/uploads/2016/09/Ramesh-lekhak-trisuli-accident-nirikshan-1024x720.jpg)










