१० मङ्सिर भोजपुर । पुर्व जलस्रोत मन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले भोजपुर बजारमा भएको आगलागी बाट पिडित परिवारलाई एक लाख नगद सहयोग गरेका छन् ।
मंसिर ५ गते भएको आगलागीका पिडित परिवारहरुलाई कार्कीले जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत सहयोग रकम उपलब्ध गराएका हुन । उनले जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक रहेका भोजपुरका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मामार्फत सहयोग रकम उपलब्ध गराएका हुन । कार्कीले एक कार्यक्रमका विच एक लाख रुपैयाँ व्यत्तिगत सहयोग गरेका छन । 
सहयोग रकम हस्तान्तरण गर्दै कार्कीले आगलागीबाट घरबार गुमाएकालाई आत्मनिर्भर बनाउने काममा सहयोग गर्ने बताए । कार्कीले तत्काल उद्धार र आगो निभाउन खट्ने सबै लाई धन्यवाद समेत दिए । आगलागीबाट १० करोड बराबरको आर्थीक क्षति भएको पनि कार्कीले जानकारी दिए । मंसिर ५ गते सदरमुकाम भोजपुरमा आगलागी हुदा ८ वटा घर पुर्ण रुपमा जलेर नष्ट भएका थिए भने एक घर आम्सिक क्षति भएको थियो ।













