९ मङ्सिर पाँचथर, । सालकको खपटासहित पाँचथरको भारपाबाट पक्राउ परेका दुईजनालाई प्रहरीले मुद्दा चलाइएको छ । मङ्गलबार पक्राउ परेका भारपा–६ का खडकबहादुर योङहाङ र रसुभाङ–३ का ६५ वर्षीय नरबहादुर योङहाङलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले वताए ।
प्रहरीले विशेष सूचनाको आधारमा मेची राजमार्गको भारपामा सालकको खपटा सेतो बोरामा पोको पारी हातमा झुन्ड्याई हिँडिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
बरामद गरिएको अन्दाजी पाँच किलो सालकको खपटासहित पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाइ कारबाहीका लागि जिल्ला वन कार्यालय पाँचथरमा हाजीर गरिएको छ ।













