१ मंसिर, काठमाडौं । संविधान संशोधनका विषयमा सरकारले राखेको प्रस्तावमा नेकपा (एमाले) का अध्यक्ष केपी ओली सकारात्मक देखिएका छन् । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वुधबार ओलीसँग राखेको प्रस्तावमा ओली सकारात्मक देखिएका हुन् ।
व्यवस्थापिका–संसद् भवन नयाँवानेश्वरमा प्रचण्ड र शर्मा ओलीबीच ४५ मिनेट कुराकानी भएको थियो । आज भएको कुराकानीमा ओली सकारात्मक देखिएको जानकारी प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीलाई दिएका हुन् । प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसित संविधान संशोधनको विषयमा सकारात्मक रुपमा कुराकानी भएको र यस विषयमा उनी सकारात्मक देखिएको प्रतिक्रिया प्रचण्डले दिए ।
मधेसी मोर्चाले संविधान संशोधनको प्रस्ताव १५ दिनभित्र व्यवस्थापिका–संसदमा प्रस्तुत गर्न प्रधानमन्त्री प्रचण्डलाई ‘अल्टिमेटम’ दिएपछि सो विषयमा सहमति जुटाउन उनले काँग्रेस र एमालेबीचको छलफललाई तीव्रता दिएका छन् ।












