२४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक चरणको मत परिणाममा हिलारी क्लिन्टन अगाडि देखिए पनि ओहायोको मत परिणामपछि अवस्था उल्टिएको छ । पछिल्लो मत परिणामअनुसार क्लिन्टनलाई पछाडि पार्दै डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् । मत परिणाम आउने क्रम जारी छ ।

५० राज्यमध्ये २८ को मत परिणाम आएकोमा ट्रम्पले १६८ इलेक्टोरल भोट जितेका छन् । क्लिन्टनले भने १२२ इलेक्ट्रोल मात्र जितेकी छन् । पछिल्लो पटक हिलरीले भर्जिनिया जितेकी छिन् । यसले उनलाई केही राहत दिएको छ ।
पछिल्लो नतिजा आएकोमा ओहायोमा ट्रम्प विजयी भएका छन् । जुन उनको अग्रताका लागि महत्त्वपूर्ण रहेको छ । ओहायोमा सुरु देखि नै क्लिन्टनले अगाडि रहे पनि अन्तिममा ट्रम्पको पक्षमा मत परिणाम आएपछि अवस्था उल्टिएको हो ।
५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट चाहिन्छ ।











