२३ कात्तिक, पोखरा । नेपालको एक सुन्दर पर्यटकीय स्थल हो पोखरा । सुन्दर शहरसँग प्राकृतिक सुन्दरताको अनुपम संगम हो पोखरा । पोखरा शहरबाटै देख्न सकिने हिमश्रृखंला र फेवातालको सौन्दर्यले विश्वभरका मानिसहरुलाई लोभ्याउने गर्दछ । यहाँबाट देखिने माछापुछ्रे र धौलागिरि हिमालको मनमोहक सौन्दर्यलाई नेपालदेशडटकमका फोटोग्राफर कृष्णराज पाण्डेले आफ्नो क्यामेरामा कैद गरेका छन् । शहरलाई जेलेका विजुलीका तारको विचबाट देखिने हिमश्रृंखला तथा फेवातालको किनारमा रहेका डुङ्गादेखि हिमालसम्मको उचाइलाई पाण्डेले क्यामेराभित्र अटाएका छन् । हेर्नुहोस् तिनै सुन्दर तस्वीरहरु :

















