१७ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा सवारी आवागमन ठप्प पारेकोप्रति भारतीय नागरिकले नै विरोध गरेका छन् । मुखर्जीको स्वागतका लागि २ घण्टाभन्दा बढी सडकमा सवारी साधन चल्न र पैदल यात्री आवतजावत गर्न नपाएका कारण भारतीय नागरिकले नै यसको विरोध गरेका हुन् । मुखर्जीका कारण सडक ठप्प भएपछि आफ्नो जहाज नै छुट्ने अवस्था आएको एक भारतीय नागरिकले आक्रोस पोखेका छन् ।
त्यस्तै मुखर्जीको स्वागतभन्दा विरामी व्यक्ति अस्पताल जान पाउनु महत्त्वपूर्ण भएको भन्दै सर्वसाधारणले विरोधसमेत गरेका छन् । सर्वसाधारणलाई पैदल समेत हिँडन नदिएको भन्दै उनीहरुले प्रहरीसमक्ष आक्रोस पोखेका छन् । आक्रोसित बनेका सर्वसाधारण र प्रहरीबिच ठाउँठाउँमा झडपको स्थिति बनेको थियो ।
हेर्नुहोस् भिडियो
मुखर्जी आउँदा विदा दिइएको र देश नै ठप्प पारेको भन्दै सर्वसाधारणहरुले यसको विरोध गरे ।
राजधानी काठमाडौंमा अघोषित कफ्र्यु लगाइएको भनी जनस्तरबाट व्यापक विरोध भएको छ । भ्रमणलाई लक्षित गरेर सडकमा सवारी साधन गुड्न नदिइएको र सर्वसाधारणलाई समेत सडकमा हिँडडुल गर्न नदिइएपछि यस्तो कार्यको विरोध भएको हो । सडक छेउमा घर भएका मानिसलाई झ्यालबाट सडकमा हेर्न समेत बन्देज लगाइएकोले वुधबार राजधानीमा अघोषित कफ्र्युको आभास भएको छ ।
हेर्नुहोस् मुखर्जीको स्कर्टिङसहितको अर्को भिडियो












