२७ असोज, बैंकक । थाइल्याण्डका राजा पुमिपोन अदुन्यदेतको निधन भएको छ । थाइल्याण्डको राजमहलले राजा अदून्यदेतको निधन भएको पुष्टि गरेको बिबिसीले जनाएको छ । आज स्थानीय समयअनुसार ३.५२ मा उनको निधन भएको थियो ।
थाई राजा पुमिपोन लामो समयसम्म शासन गर्ने राजा हुन् । उनी पछिल्ला केही वर्षसम्म विरामी परेका थिए । पछिल्ला केही दिनसम्म उनको अवस्था स्थिर र खराब रहेको थियो ।
८८ वर्षको उमेरमा निधन भएका राजा पुमिपोन सन् १९४६ मा थाइल्याण्डका राजा बनेका थिए । उनलाई थाइल्याण्डका नागरिकको साथमा चल्ने राजा मानिन्थ्यो । उनी यतिसम्म लोकप्रिय थिए कि उनको निधनपछि देशमा राजनीतिक अस्थिरता पैदा हुने आशंका गरिएको छ । अहिले थाइल्याण्डमा सैनिक शासन रहेको छ ।













