२४ असोज, काठमाडौं । महान् पर्व दसैंको महत्व नै आशीर्वाद प्रदान गर्नु र प्राप्त गर्नु हो । हाम्रो परम्परागत यस पर्वमा हिन्दू परम्पराका उदाहरणीय व्यक्तिहरुको जस्तो प्रतिष्ठा प्राप्ति होस् भनेर टीकासँगै आशीर्वाद दिने गरिन्छ । द्रोणका छोराको जस्तो आयु, दशरथको जस्तो प्रतिष्ठा, राघवलेजस्तो शत्रुनाश गर्न सक्ने हुनू भन्दै संस्कृतको श्लोकबाट आशीर्वाद दिने परम्परा छ । यस्तो आशीर्वाद पनि पुरुष र नारीका लागि छट्टाछुट्टै किसिमको छ । पढ्नुहोस् संस्कृत विश्वविद्यालयका सहप्राध्यापक तथा अनुसन्धानकर्ता अमोद आचार्यले शुद्ध भनी लेखिएको यो मन्त्र :
आचार्यको यो मन्त्रमा त्रुटि रहेको भन्दै विभिन्न विद्धानले आलोचना समेत गरेका छन् । तर, आचार्यले भने परम्परागत रुपमा प्रयोग गर्दै आएको मन्त्रमा नै त्रुटि रहेको र आफूले हातले लेखिएअनुसार नै शुद्ध भएको दावी गरेका छन् । उनले भनेका छन् – ‘टीका लगाउँदा आशीर्वाद दिने पौराणिक मन्त्रहरु धेरैले अशुद्ध भन्ने गरेकाले यहाँ आफ्नै हस्ताक्षरले शुद्ध लेखेको छु, तथापि कतिपय विद्वानमै गनिएका व्यक्तिलाई पनि शङ्का लागिरहेको बुझियो, शङ्का मान्नुपर्दैन, मन्त्र पूर्णतः शुद्ध लेखिएका छन्।’
आचार्यको यो मन्त्र शुद्ध रहेको भन्दै दक्षिण एसियाली ज्योतिष महासंघका पूर्वअध्यक्ष माधव पाण्डेले समेत समर्थन जनाएका छन् ।
यसैबीच विजया दशमीको टीकाको उत्तम साइत असोज २५ गते मंगलबार विहान गते ८ बजेर ४५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णयक समितिले जनाएको छ ।












