२२ असोज, काठमाडौं । महान् चाड वडादसैंअन्तर्गत शनिबार फूलपातीका अवसरमा नेपाली सेनाले काठमाण्डौको सैनिकमंचमा फूलपातीको बढाइँ समारोहको आयोजना गरेको छ ।
हनुमानढोकाको दसैंघरमा फूलपाती भित्र्याएपछि अपरान्ह फूलपातीको अवसरमा सेनाले सैनिक मञ्च टुँडिखेलमा हर्षबढाइँ समारोह गरेको हो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश शुशिला कार्की, सभामुख ओनसरी घर्ती सहभागी थिए ।
त्यसैगरी संवैधानिक निकायका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी, नेपालका लागि विभिन्न देशका राजदूत लगायतको समरोहमा उपस्थिति थियो ।
समारोहमा नेपाली सेनाद्वारा विभिन्न कला कौशल प्रर्दशन गरिएको थियो । नेपाली सेनाले प्रत्येक वर्ष फूलपातीका दिन फूलपाती भित्र्याएको अवसरमा हर्षबढाइँ समारोह गर्दै आएको छ ।

यसैबीच हिन्दू धर्माबलम्बीले मंगलबार घर घरमा विधिपूर्वक पूजाआजा गर्दै फूलपाती भित्र्याएका छन् ।














