१३ असोज, काठमाडौं । ठेगाना समेत नखुलाएको एउटा समाचार साइटले नेपालका एक मात्र अरबपति विनोध चौधरीको निधन भएको खबर प्रकाशित गरेपछि केही समय विश्वभरका नेपालीहरुलाई स्तब्ध पारेको छ । टेलिग्राफ नामले चिनाउने तर डोमेन नाम भने te1egraph.com भएको साइटले लण्डनमा नेपालका धनाढ्य विनोद चौधरीको निधन भएको समाचार प्रकाशित गरेको थियो । यो समाचारले नेपालमा खासै प्रभाव नपारे पनि गैरआवासीय नेपालीहरुबीच भने ठूलै प्रभाव पारेको थियो ।
यसैबीच विनोद चौधरी लण्डनमा नभएको र उनी विहीबार पनि आफ्नै कार्यालय ललितपुरको सानेपामा रहेको उनका सहयोगी संजय वस्नेतले दिएका छन् । नेपालदेशडटकमसँग कुराकानी गर्दै वस्नेतले उहाँ दैनिक कार्यमा व्यस्त रहेको जानकारी दिए । चौधरी अहिले पनि स्वस्थ र व्यस्त रहेको वस्नेतले उल्लेख गरे । यसकारण टेलिग्राफ नाम दिइएको समाचार साइटको समाचार भ्रामक रहेको स्पष्ट भएको छ । चौधरीको निधन भएको भन्ने भ्रामक समाचारका कारण केही समय विश्वभरका नेपालीलाई स्तब्ध बनाएको छ ।
अष्ट्रेलियाबाट प्रकाशित साउथ एसियाडटकम डटएयुले पनि यही कुराको पुष्टि गर्दै समाचार प्रकाशित गरेको छ ।
चौधरीलाई फोब्र्स म्यागाजिनले अर्बपतिको सूचीमा राखेको थियो ।













