२४ भदौ, बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराज्य पुर्नस्थापना र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने बताएका छन् ।
मधेसवादी दलहरुको मागअनुसार संविधान संशोधन हुने भए आफूहरुको मागअनुसार पनि हिन्दुराज्य पुर्नस्थापना र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने बताएका हुन् ।
शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले ‘संविधान संशोधन गर्ने भए हिन्दुराज्य पुर्नस्थापना गर्नुे भन्दै धर्मनिरपक्षेता खारेजीको माग गरे यदि माग सम्बोधन नभए जनमत संग्रहमा जान आफुहरु तयार रहेको समेत स्पष्ट पारे ।










