रेग्मीलाई वामदेवको व्याकअप
२१ भदौ, काठमाडौं । प्रेमीकी पत्नीको हत्यामा संलग्न म्यानपावर व्यवसायी तारा रेग्मीलाई पक्राउ नगरेर प्रहरीले उनै रेग्मीलाई धम्क्याउने पूर्वमन्त्री श्यासुन्दर गुप्तालाई पक्राऊ गरेको छ । अपराधी र अवैध धन्दामा संलग्न रेग्मीलाई धम्क्याएर पैसा असुल्न खोज्ने गुप्ता र उनलाई सहयोग गर्ने प्रहरी निरीक्षक अनिल पण्डितलाई पक्राउ गरे पनि सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालालाई पत्नी हत्यामा सहयोग गर्ने रेग्मीलाई भने प्रहरीले उन्मुक्ति दिएको छ । कोइरालाले जेल सजायँ काट्दै गदौ रेग्मी भने प्रहरीसँग भाग्दै विदेशतिर बसेकी थिइन् । घट्ना सेलाएपछि पुनः नेपाल आएर आफ्नो धन्दा जारी राखेकी रेग्मीलाई प्रहरीले पक्राउ नगर्नुको पछाडि अरु कति प्रहरीले केकस्तो सहयोग लिइरहेका छन् भन्ने कुरा झनै रहस्यमय बनेको छ ।
उद्योगी अपहरण काण्डमा जेल सजायँ पाएर छुटेका गुप्ताले पुरानै धन्दा गर्दा पक्राउ पर्नु तर रेग्मी पक्राउ नपर्नु रहस्यमय रहेको जनाइएको छ । गुप्तालाई सहयोग गरेबापत प्रहरी निरीक्षक पण्डितले गुप्तासँग ५० लाख रुपैयाँ मागेको र त्यसबापत ७५ हजार गुप्तासँग लिइसकेको प्रहरी परिसरको अनुसन्धानबाट खुलेको छ ।
गुप्ताले आफ्नो रेग्मीलाई धम्क्याएर रकम उठाउन खोजेपछि रेग्मीले प्रहरीको च्यानल मिलाएर गुप्तालाई पक्राउ गर्न लगाएकी हुन् । गुप्तालाई सहयोग गर्ने भैंसेपार्टी प्रभागका प्रमुख पण्डित पक्राउ परे पनि हत्या आरोपी रेग्मीलाई सहयोग गर्ने प्रहरी भने किन पक्राउ परेका छैनन् ? यसको जवाफ प्रहरीले दिने कि नदिने ?
स्रोतका अनुसार रेग्मीलाई पूर्वउपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष वामदेव गौतमको साथ रहेको छ । गौतमले नै प्रहरीमा पहुँच पुर्याइदिएका कारण हत्या आरोपी रेग्मी खुल्लमखुल्ला हिँडिरहेको प्रहरी स्रोत नै बताउँछ ।












